Logo
Logo
समाचार

गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भनिएको अडियोबारे सोधपुछ गर्दा प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

गृहमन्त्रीका सचिवालय सदस्यसँग सम्पर्क रहेको भन्दै गरिएको भनिएको अडियो संवादबारे सोधपुछ गर्न खोज्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १२ गते २२:१७
४९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । गृहमन्त्रीका सचिवालय सदस्यसँग सम्पर्क रहेको भन्दै गरिएको भनिएको अडियो संवादबारे सोधपुछ गर्न खोज्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-५ बस्ने ३७ वर्षीय आशिष मल्ल भन्ने धर्मराज मल्ल छन्। 

सामाजिक सञ्जालमा प्रसारित अडियोको वास्तविकता बुझ्न खटिएको प्रहरी टोलीलाई गालीगलौज गरेको र सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दुई दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ। 

अडियोमा गरिएको भनिएको कुराकानी वा गृहमन्त्रीको सचिवालयसँग उनको सम्बन्ध पुष्टि भएको विवरण विज्ञप्तिमा उल्लेख छैन।

प्रहरीका अनुसार अभिलेख जाँच्दा मल्लविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा दूरसञ्चार ऐनअन्तर्गतको एक, बैंकिङ कसुरको एक, ठगीसम्बन्धी एक र अभद्र व्यवहारका तीन गरी छ मुद्दा दर्ता भएको देखिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित