Logo
Logo
समाचार

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

दुवै देशबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, सीमापार हुने अपराध नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापन र पूर्वतयारी एवं प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने जस्ता विषयमा छलफल केन्द्रित थियो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २८ गते ००:२३
५०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता भएको छ । प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका अवसरमा दुई मन्त्रीहरूबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

उक्त भेटमा दुवै देशबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, सीमापार हुने अपराध नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापन र पूर्वतयारी एवं प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने जस्ता विषयमा छलफल केन्द्रित थियो ।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै गएको बाढी र पहिरोपछि भारतले पुर्‍याएको समयसापेक्ष सहयोगका लागि धन्यवाद व्यक्त गरेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

साथै उनले सार्वभौम समानता, आपसी सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहयोगलाई अझ अघि बढाउनुपर्नेमा जोड दिएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित