Logo
Logo
समाचार

गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण

त
तिलिचो न्यूज
२०८३ भदौ २ गते १३:२९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

रसुवा –जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड आउने तीर्थयात्रीलाई लक्ष्य गरी पदमार्गमा खोलिएका होटल तथा ‘लज’ को सेवा शुल्क निर्धारण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वयमा सरोकारवाला पक्षसमेतको सहभागितामा गत वर्षको जस्तै चिया, नास्ता, खाना तथा लजवापतको शुल्क निर्धारण गरिएको हो।

निर्धारित शुल्कअनुसार धुन्चे–घट्टेखोला आसपासमा प्रति कप रु ३० हुँदै गोसाइँकुण्डमा रु ८५, दालभात–तरकारीको रु २७५ हुँदै रु ६०० तथा सुतेको रु ३०० हुँदै रु ६०० सम्म शुल्क लाग्ने छ। बजार अनुगमन समितिका संयोजक एवं रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार तोकिएकोभन्दा बढी रकम लिन नपाइने र सबैले देख्ने गरी सेवा शुल्क टाँस्नुपर्ने व्यवस्था गरिएको छ।

यात्रुसँग बढी शुल्क लिएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गर्दै उनले भने, “पवित्र गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रुको पक्षमा निर्णय गरिएको छ।

सरोकारवाला सबै पक्षको सहयोग र सहकार्यमा सुरक्षा, स्वास्थ्य, यातायात, सरसफाइ तथा खाद्यान्न व्यवस्थापनलगायतका तयारी पूरा भएको छ। वर्षाको समयमा मौसम ख्याल गरी आउनुहुन सबैमा अनुरोध छ।”

यसवर्ष १० हजारभन्दा बढी यात्रु गोसाइँकुण्ड मेला भर्न आउने अपेक्षा गरिएको धुन्चेस्थित बौद्ध धर्मगुरू लामा रेञ्जन घलेले जानकारी दिए। यसैगरी, संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले सरकारी, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज र पेसा व्यवसायीको समेतको सहयोग, समन्वयमा र सहकार्यमा तीर्थयात्रुलाई राहत दिनेगरी आवश्यक व्यवस्था मिलाइसकिएको छ भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित