Logo
Logo
समाचार

घुस रकमसहित नापी सर्वेक्षक अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार साहलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ ३१ गते ०२:०८
५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार साहलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।

जग्गा ट्रायलसम्बन्धी काम गरिदिने प्रयोजनका लागि साहले सेवाग्राहीसँग दुई लाख रुपैयाँ मागेको सूचना पाएपछि आयोगको बर्दिबास कार्यालयले निगरानी गरेको थियो।

आयोगका अनुसार सेवाग्राही र साहबीच पहिलो किस्ताबापत एक लाख रुपैयाँ बुझाउने सहमति भएको थियो। सोही रकम लिँदै गरेको अवस्थामा मंगलबार अपराह्न करिब ४ बजे नापी कार्यालयअगाडिको खाजा घरबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले बताए।

पोखरेलका अनुसार साहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्का तयार पारिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित