Logo
Logo
समाचार

गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्ताको राजनीतिक आचरण व्यवस्थित गर्न १७ बुँदे मापदण्डसहितको राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २० गते ०३:३०
४७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्ताको राजनीतिक आचरण व्यवस्थित गर्न १७ बुँदे मापदण्डसहितको राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।

काठमाडौँमा जारी पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत प्रस्तावको खण्ड ९.७ मा काँग्रेसले अंगीकार गर्ने र निषेध गर्ने राजनीतिक व्यवहारका मापदण्ड समेटिएका छन्। प्रस्तावमा चुनावी गठबन्धन नगर्ने, भ्रष्टाचारमा मुछिएकालाई संरक्षण नदिने तथा गुट वा पैसाका आधारमा उम्मेदवारको टिकट वितरण नगर्ने प्रतिबद्धता उल्लेख छ।

संवैधानिक नियुक्तिमा दुई वर्षको ‘कुलिङ अफ’ अवधि लागू गर्ने र बिचौलियाको प्रभाव रोक्ने नीति पनि प्रस्तावमा समेटिएको छ।

यी मापदण्डको कार्यान्वयन नेतृत्वको सदिच्छामा मात्र निर्भर नराखी विधान, कार्यविधि, अभिलेख र सार्वजनिक समीक्षामार्फत सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ।

अरूसँग अपेक्षा गरिएका मापदण्ड पार्टीले आफ्नै निर्णयमा पनि लागू गर्नुपर्ने दस्तावेजमा उल्लेख छ। त्यसलाई पार्टीको विश्वसनीयताको आधारका रूपमा प्रस्तुत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित