Logo
Logo
समाचार

गगन थापाले लिए कांग्रेस सभापति पदको शपथ

सभापति थापाले पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ३१ गते २०:३४
११६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले शनिबार शपथ ग्रहण गरेका छन्। सभापति थापाले पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहण समारोहमा वटुकहरूले वैदिक मन्त्र र स्वस्तिवाचन गरेका थिए। शपथपछि थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालगायतले बधाई तथा शुभकामना दिएका थिए। शपथ ग्रहण समारोहमा थापाले सभापति पदमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका थिए।

शपथ ग्रहण तथा पदवहाली समारोहमा सहभागी हुन पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मी नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका थिए।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दसैँपछि गर्ने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसको महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित