Logo
Logo
समाचार

गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना क्यासिनोबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लले क्यासिनोमा नेपाली नागरिकको प्रवेश निषेधसम्बन्धी कानुनको कार्यान्वयन र जुवा खेल्ने–खेलाउने अवैधानिक गतिविधि नियन्त्रणका लागि उक्त कारबाही चालिएको बताए

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २१ गते १७:०२
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

पर्सा — पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलसहित ८ जना वीरगन्जस्थित क्लार्क रिसोर्टस्थित क्यासिनोबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जको गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउँदै गरेको सुराकीको आधारमा शनिबार राति विशेष अप्रेसन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष अध्यक्ष जसवन्त यादव, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदिप पौडेल, चन्दन सहनी र वीरगञ्ज–११ का ओमप्रकाश बैठा रहेका छन्।

अनुसन्धानका क्रममा गाउँपालिका अध्यक्ष यादव सरकारी सवारीसाधन प्रयोग गरेर क्यासिनो पुगेको खुल्न आएको छ । प्रहरीले क्यासिनो परिसरबाटै सखुवाप्रसौनी गाउँपालिकाको नाममा रहेको सो सरकारी गाडीसमेत नियन्त्रणमा लिएको छ ।

नेपाली नागरिकलाई कानुनविपरीत क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा प्रत्यक्ष संलग्न रहेको आरोपमा क्यासिनोका चार जना कर्मचारीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कर्मचारीमा विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र का प्रदेशी साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लले क्यासिनोमा नेपाली नागरिकको प्रवेश निषेधसम्बन्धी कानुनको कार्यान्वयन र जुवा खेल्ने–खेलाउने अवैधानिक गतिविधि नियन्त्रणका लागि उक्त कारबाही चालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित