Logo
Logo
समाचार

एसियाली खेलकुदमा पहिलोपटक भारत र पाकिस्तान पुरुष क्रिकेटको स्वर्ण पदकका लागि भिड्दै

सियाली खेलकुदको इतिहासमा पहिलोपटक भारत र पाकिस्तानका पुरुष क्रिकेट टोली स्वर्ण पदकका लागि आमनेसामने हुने भएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १५ गते १८:११
११९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । एसियाली खेलकुदको इतिहासमा पहिलोपटक भारत र पाकिस्तानका पुरुष क्रिकेट टोली स्वर्ण पदकका लागि आमनेसामने हुने भएका छन् ।

बिहीबार भारतले श्रीलंकालाई १२४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

यस्तै, पाकिस्तानले बंगलादेशलाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ । स्वर्ण पदकका लागि भारत र पाकिस्तानबीचको खेल अक्टोबर ३ मा हुनेछ ।

जापानको निशिनमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो।

जवाफमा श्रीलंकाको टोली ९.५ ओभरमा ४५ रनमै अलआउट भयो। श्रीलंकाका ६ ब्याटरले खातासमेत खोल्न सकेनन्।

भारतका जसप्रित बुमराह, अक्षर पटेल र अभिषेक शर्माले २–२ विकेट लिए। श्रीलंकाका तीन खेलाडी रनआउट भएका थिए।

भारतका लागि इशान किशनले अविजित ८० रन बनाए। उनले ४ चौका र ५ छक्का प्रहार गरे। वैभव सूर्यवंशीले २१ बलमा ३८ रन बनाए। उनले ६ चौका र २ छक्का हिर्काए। कप्तान श्रेयस अय्यरले १३ रन जोडे।

पाकिस्तानले बंगलादेशलाई ६ विकेटले हरायो

पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल वर्षाका कारण प्रभावित भएको थियो। त्यसपछि खेललाई १३–१३ ओभरमा सीमित गरिएको थियो।

पहिले ब्याटिङ गरेको बंगलादेशले १३ ओभरमा ७ विकेट गुमाएर १११ रन बनायो। जवाफमा पाकिस्तानले ११.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ६ विकेटको जित निकाल्यो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित