समाचार
एसीसी प्रिमियर कपः नेपालको शानदार सुरुआत
त
तिलिचो न्यूज संवाददाता२०८३ भदौ २७ गते १२:५६
३
0
CommentsShares

काठमाडौं। एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट अन्तर्गत फाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
मलेसियाको बायुमास ओभलमा जारी खेलमा नेपालले शानदार सुरुआत गरेको छ ।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनरद्वय अर्जुन कुमाल र आसिफ शेखले पार्टनरसिप जमाउँदै नेपाललाई अगाडि बढाइरहेका छन् ।
यो समाचार लेख्दासम्म नेपालले १७ ओभरमा ८७ रन जोडेको छ । अर्जुन ३९ तथा आसिफ ४२ रनमा खेलिरहेका छन् ।
उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले यो खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




