Logo
Logo
समाचार

‘एफडब्लुसिएमएसमा सीमित संस्थाको सूचीकरण स्वीकार्य छैन’ : श्रममन्त्री यादव

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस)मा नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्रै सूचीकृत गरिएको विषयप्रति सरकार गम्भीर रहेको बताएका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ ३१ गते ०१:२७
७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस)मा नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्रै सूचीकृत गरिएको विषयप्रति सरकार गम्भीर रहेको बताएका छन्।

नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमानसँग मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा मन्त्री यादवले सूचीकरणमा अपनाइएको मुल्यांकन प्रणाली र मापदण्ड आधिकारिक रूपमा उपलब्ध गराउन आग्रह गरेका हुन्।

सूचीकरणको आधार माग

भेटमा मन्त्री यादवले नेपालबाट इजाजत पत्र प्राप्त केही वैदेशिक रोजगार व्यवसायी संस्थालाई एफडब्लुसिएमएसमा मुख्य तथा सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषय उठाएका थिए। सूचीकरणको आधार, प्रक्रिया र मुल्यांकन मापदण्डबारे नेपाल सरकारलाई औपचारिक जानकारी दिनुपर्ने उनको भनाइ थियो।

वैदेशिक रोजगार व्यवसायमा प्रतिस्पर्धा सङ्कुचित हुने वा सीमित संस्था तथा समूहको नियन्त्रण कायम हुने व्यवस्था नेपालको कानुनी प्रावधान र द्विपक्षीय श्रम सम्झौताको मर्मविपरीत हुने मन्त्री यादवले बताएका छन्।

समान अवसर र निष्पक्ष प्रतिस्पर्धामा जोड

नेपालबाट इजाजत पत्र प्राप्त सबै वैदेशिक रोजगार व्यवसायी संस्थाले समान अवसर पाउनुपर्ने उल्लेख गर्दै मन्त्री यादवले पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्।

उनले एफडब्लुसिएमएसमा सूचीकृत केही नेपाली संस्थाले उक्त प्रणालीबाट बाहिरिने इच्छा व्यक्त गरेको विषयसमेत कार्यवाहक राजदूत अजमानलाई जानकारी गराएका छन्।

कूटनीतिक समन्वय गर्न आग्रह

मन्त्री यादवले सूचीकरणसम्बन्धी विवाद समाधानका लागि यथाशीघ्र द्विपक्षीय कूटनीतिक परामर्श अघि बढाउन आग्रह गरेका छन्। उनले नेपाल सरकारको प्रयासमा सहजीकरण गर्दै मलेसिया सरकारसँग आवश्यक समन्वयका लागि पहल गर्न कार्यवाहक राजदूत अजमानलाई अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित