Logo
Logo
समाचार

एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने

नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवामा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २ गते १८:४५
६७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवामा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको छ ।

सस्तो दरमा उच्च गतिको इन्टरनेट सेवा लिन चाहने ग्राहकको सङ्ख्या बढेपछि नयाँ लाइन जडानका लागि आवश्यक जानकारी दिने टेलिकमको १९८ नम्बरमा चाप बढेको हो । टेलिकमको सो नम्बरमा सेवाग्राहीको चाप बढेसँगै अनलाइन बाट पनि इन्टरनेट सेवा जडानसम्बन्धी अनुरोध गर्नुका साथै सेवासँग सम्बन्धित अन्य गुनासोसमेत दर्ता गर्न सकिनेछ ।

यसबाट एनटी फाइबरको नयाँ लाइन जडान गर्न चाहने ग्राहकलाई आवश्यक जानकारी लिन तथा सेवा जडान प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध गराउनेबारे जानकारी लिन सक्नेछन् ।

त्यसैगरी, टेलिकमले एनटी फाइबर जडानका लागि आवश्यक विवरण अनलाइनमार्फत उपलब्ध गराउन सकिने व्यवस्था पनि गरेको छ । https://complain.ntc.net.np/ गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत यसको प्रयोग गर्न सकिन्छ । ग्राहकले टेलिकमको अनलाइन गुनासो तथा सेवा अनुरोध प्रणाली मा लगइन गरी आफ्नो मोबाइल नम्बर प्रयोग गरेर आवश्यक विवरण पेस गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत इन्टरनेट सेवा जडानसम्बन्धी अनुरोध गर्नुका साथै सेवासँग सम्बन्धित अन्य गुनासोसमेत दर्ता गर्न सकिनेछ ।

नेपाल टेलिकमले हालै एनटी फाइबरअन्तर्गत रु पाँच हजारभन्दा कम अर्थात् रु चार हजार ९९९ मा ३० एमबीपीएस गतिको प्याकेज उपलब्ध गराउने व्यवस्था गरेको छ । यसका अतिरिक्त ग्राहकको आवश्यकता र प्रयोगअनुसार विभिन्न अन्य प्याकेजसमेत उपलब्ध छन् । तुलनात्मक रूपमा कम शुल्कमा इन्टरनेट सेवा लिन चाहने ग्राहकका लागि यस्ता प्याकेजमा आकर्षण देखिएको छ ।

पछिल्लो समय इन्टरनेट सेवाको मूल्य, उपलब्ध गति र सेवाको गुणस्तरलाई लिएर ग्राहकले विभिन्न सेवा प्रदायकका प्याकेजको तुलना गर्न थालेका छन् । यस्तो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराएका सस्तो दरका प्याकेजप्रति ग्राहकको आकर्षण बढेको देखिएको छ । अन्य इन्टरनेट सेवा प्रदायकका प्याकेजको तुलनामा कम शुल्कमा सेवा लिन चाहने ग्राहक एनटी फाइबरतर्फ आकर्षित भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित