Logo
Logo
विविध

एनसेलले सरकारलाई तिर्‍यो नवीकरण किस्ताबापतको करिब ५ अर्ब

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ ४ गते ००:४४
२३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ - निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले सरकारलाई मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुरबापतको किस्ता भुक्तानी गरेको छ।

एनसेलले सरकारलाई कुल ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणको तीनधारास्थित नबिल बैंक लिमिटेडमा रहेको खातामा उक्त रकम दाखिला गरिएको प्राधिकरण स्रोतले जानकारी दियो।

एनसेलले यही भदौ १५ भित्र दाखिला गर्नुपर्ने नवीकरण दस्तुर किस्ता रकममध्ये संलग्न गणना विवरणबमोजिम भुक्तानी गर्न बाँकी किस्ताको सावाँ ४ अर्ब २५ करोड, त्यसैगरी ०८२ भदौ ७ देखि ०८३ असार मसान्तसम्मको कुल ३२८ दिनको टीडीएस कट्टीपछिको ब्याज रकम ६४ करोड ९२ लाख ६० हजार २ सय ७३ रुपैयाँ र ०८३ साउन १ देखि भदौ २ सम्मको कुल ३३ दिनको टीडीएस कट्टीपछिको ब्याज रकम ६ करोड ५३ लाख २१ हजार ९ सय १७ रुपैयाँ गरी उक्त रकम दाखिला गरिएको छ।

०८२ भदौ ६ गतेसम्मको किस्ता र ब्याज रकम भने यसअघि नै एनसेलले बुझाइसकेको छ। गत वर्ष एनसेलले ३ अर्ब २९ करोड रुपैयाँ ०८२ भदौ ६ गते बुझाएको थियो। त्यसअघि उसले ०८२ असार २९ मा २ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो।

सरकारले एनसेललाई लाइसेन्स नवीकरण शुल्कबापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउने सुविधा दिएको थियो। २०८१ भदौमा मन्त्रिपरिषद् बैठलले एनसेललाई वार्षिक १० प्रतिशत ब्याससहित किस्ता सुविधा दिएको थियो।

एनसेलले लाइसेन्स नवीकरणका लागि तिर्नुपर्ने २० अर्ब रुपैयाँमध्ये पहिलो किस्ताबापतको चार अर्ब रुपैयाँ भुक्तानी गर्दै २०८१ जेठ १४ मा नवीकरणका लागि निवेदन दिएको थियो।

एनसेलको उक्त प्रस्ताव स्वीकार्दै सरकारले बाँकी किस्तामा वार्षिक १० प्रतिशत ब्याजमा नवीकरण दस्तुर बुझाउने सुविधा दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

निर्वाचन आउन २३ दिन बाँकी, ४४ जिल्लाको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकी, ४४ जिल्लाको मतपत्र छपाइ सकियो

बजेट अर्धवार्षिक समीक्षा : परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर

बजेट अर्धवार्षिक समीक्षा : परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित