Logo
Logo
सूचना-प्रविधि

एनसेलका सीईओ माइकलले दिए राजीनामा, ‘लिमिट्स अफ अथोरिटी’ डिल्लीराम श्रेष्ठलाई

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १९ गते १७:३४
११
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्।

फोलेले दिएको राजीनामा स्वीकृत गर्दै एनसेल सञ्चालक समितिले यही भदौ ९ देखि लागु हुने गरी नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नगर्दासम्मका लागि ‘लिमिट्स अफ अथोरिटी’अन्तर्गत सीईओलाई भएका सबै अधिकार दिने गरी प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

'उपरोक्त सम्बन्धमा यस कम्पनीको मिति २०८३/०५/०९ (तदनुसार २५ अगष्ट २०२६) को मितिबाट लागु हुने गरी यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत माईकल प्याटरिक फोलेले कम्पनीबाट राजिनामा दिनुभएको व्यहोरा जानकारी गर्दछौं । साथै मिति २०८३/०५/०९ ( तदनुसार २५ अगष्ट २०२६) को यस कम्पनीको संचालक समितिको निर्णयनुसार यस कम्पनीको नँया प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म अन्तरिम व्यवस्था अर्न्तगत यस कम्पनीको लिमिट्स अफ अथोरिटीअर्न्तगत प्रमुख कार्यकारी अधिकृतलाई भएको सम्पूर्ण अख्तियारी प्रयोग गर्ने गरी कम्पनीको प्रमुख कर्पोरेट तथा नियामक अधिकृत श्री डिल्लीराम श्रेष्ठलाई अख्तियारी प्रदान गरिएको बेहोरा जानकारी र अभिलेखको लागी सादर अनुरोध गर्दछौँ,' एनसेलले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रको बेहोरामा लेखिएको छ।

यस्तै, एनसेलले आफ्नो उच्च व्यवस्थापनमा अवकाश प्राप्त नेपाली सेनाका उच्च अधिकृतलाई भित्र्याएको छ। स्रोतका अनुसार एनसेलले नेपाली सेनाका पूर्व मेजर जनरल सन्तोषकुमार ढकाललाई ‘चिफ अफ स्टाफ’ को जिम्मेवारी प्रदान गरेको छ। 

त्यसैगरी, एनसेलले कर्पोरेट कम्युनिकेसन तथा सस्टेनिबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्कालाई एनसेल फाउन्डेसनको निर्देशकको जिम्मेवारी दिएको छ। 

एनसेलले व्यवस्थापनमा भएको फेरबदलबारे भदौ १६ गते नै नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको छ। प्राधिकरणका एक अधिकारीले एनसेलको सीईओ फेरिएको बारे पत्र प्राप्त भइसकेको पुष्टि गरेका छन्।  

पछिल्लो समय सरकारको स्वामित्वमा गइसकेको स्मार्ट टेलिकमको सम्पत्ति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसेललाई बिक्री गरेको विषयमा बैंक तथा एनसेलका अधिकारी माथि मुद्दा दायर गरिएको छ। 

मुद्दा दायर भएकाले नेपालका बसेर काम गर्ने अवस्था नभएपछि एनसेलका सीईओ फोलेले राजीनामा दिएको बुझिन्छ। यद्यपि केही समय अघि नेपाल आएर कार्यालयसमेत गएका फोलेले आफ्ना सहकर्मीहरूलाई पारिवारिक दायित्व भएको भन्दै आफूले जिम्मेवारी छोड्न लागेको जानकारी दिएका थिए।

एनसेलको कमान्ड सम्हाल्ने डिल्लीराम को हुन्?

एनसेलको ‘लिमिट्स अफ अथोरिटी’ पाएका डिल्लीराम अनुभवी कानुनी व्यवसायी हुन्। एनसेल आउनुअघि उनी कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल लिमिटेडमा कन्ट्री लिगल डाइरेक्टर थिए।

मेगा बैंक नेपाल लिमिटेडमा लिगल हेड, सिभिल बैंक लिमिटेडमा कम्पनी सचिव र प्रमुख कानुन अधिकृत भइसकेका उनले सिद्धार्थ बैंकमा हेड लिगल तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा कानुन अधिकृतका रूपमा काम गरिसकेका छन्।

श्रेष्ठ आफ्नो करिअरमा कानुनी तथा नियामकीय अनुपालन तथा संस्थागत सुशासनप्रति निष्ठावान र खरो मानिन्छन्।

वकिल क्लब, काठमाडौंबाट २०६६ सालमा उत्कृष्ट कानुनी लेखन पुरस्कार समेत प्राप्त गरेका उनले नेपाल ल क्याम्पसबाट एलएलएम गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित