समाचार
एनपीएलमा आज जनकपुर र पोखरा भिड्ने
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक १५ गते १५:३०
३५
0
CommentsShares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
आजको खेलमा जनकपुर बोल्ट्स दोस्रो जितको खोजीमा मैदान उत्रनेछ भने पोखरा एभेन्जर्स प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गराउने रणनीतिमा हुनेछ। जनकपुरको टोली सम्हालेका कप्तान हर्मित सिंह र पोखराका कप्तान कुशल भुर्तेलबीचको मैदान रणनीति आजको मुख्य आकर्षण रहनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




