Logo
Logo
समाचार

एनपीएलमा आज २ खेल हुँदै

पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। अर्को खेलमा विराटनगर र सुदूरपश्चिमबीच आमनेसामने हुनेछन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १४ गते १३:४७
५३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। अर्को खेलमा विराटनगर र सुदूरपश्चिमबीच आमनेसामने हुनेछन्।

पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रनेछन्। तर खेलमा वर्षा बाधक बन्ने सम्भावना छ। लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो। यता चितवनले विराटनगर किङ्सलाई आठ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो।

दुवै टोली पहिलो खेलको लयलाई निरन्तरता दिने लक्ष्यमा रहे पनि आजको मौसमले खेलको नतिजामा प्रभाव पार्न सक्छ। वर्षाका कारण खेल प्रभावित भए दुवै टोलीको लगातार दोस्रो जितको लक्ष्य पूरा नहुन सक्छ। दुवै टोलीले १–१ अंक बाँड्ने छन्।

विराटनगर र सुदूरपश्चिमबीचको खेल अपराह्न साढे ४ बजे हुनेछ। तर, दुई दिनदेखिको लगातार वर्षाका कारण दुवै खेल प्रभावित हुनसक्ने देखिएको छ।

जारी लिगमा लुम्बिनी र चितवनले एक÷एक खेलमा जित हासिल गरेका छन् भने विराटनगर आफ्ना दुईवटै खेलमा पराजित भएको छ। यस्तै, सुदूरपश्चिमले एकमा जित र एकमा हार बेहोरेको छ।

अर्नब चक्रवातको असरले नेपालमा बिहीबार रातिदेखि नै वर्षा भइरहेको छ। शुक्रबार दिनभर वर्षा भएको थियो भने शनिबार पनि साँझसम्मै हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित