Logo
Logo
खेलकुद

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १ गते ००:३६
१०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको जनाएको छ ।

शनिबार टीयु क्रिकेट ग्राउण्डमा आयोजित पत्रकार सम्मेलनमा क्यानमा सचिव पारस खड्काले एनपीएलले आईसीसीबाट आधिकारिक मान्यता पाएसंगै नेपाली क्रिकेटको उचाई बढेको बताएका हुन् । उनले नेपाल प्रिमियर लिग (एनपिएल) लाई फरक र नयाँ डाइनामिक्सका साथ प्रस्तुत गरिने धारणा राखे ।

एनपिएलमा आइसीसीको एन्टी–करप्सन कोडलाई पूर्ण रूपमा लागू गरिने उनले बताए । सचिव खड्काले स्पट फिक्सिङ, म्याच फिक्सिङ र अन्य नियम उल्लङ्घनका विषयमा आइसीसीको अन्तर्राष्ट्रिय कानून तथा नियमअनुसार नियामक निकायमार्फत कारबाही हुने व्यवस्था गरिएको जनाए ।

एनपिएलमा प्रत्येक टिममा ७ जना नेपाली खेलाडी अनिवार्य रूपमा खेलाउनुपर्ने र अधिकतम ८ जनासम्म विदेशी खेलाडीहरू राख्न पाउने प्रावधान रहेको क्यानले जनाएको छ ।

क्यान सचिव खड्काले आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आइसीसी एसिया कन्फरेन्स आयोजना हुने जानकारी दिए । सम्मेलनमा एसियाली राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी भई नेपाल प्रिमियर लिग र नेपाली क्रिकेटको विकासबारे छलफल हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित