समाचार
एनपीएललाई आईसीसीको औपचारिक मान्यता
नेपाल क्रिकेट संघद्वारा २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले औपचारिक रुपमा मान्यता दिएको छ ।
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन ३१ गते ०२:२३
५९
0
CommentsShares

काठमाडौँ । नेपाल क्रिकेट संघद्वारा २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले औपचारिक रुपमा मान्यता दिएको छ ।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो ।
संघका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘आईसीसीबाट मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्नेमा क्यान विश्वस्त रहेको छ ।’
आईसीसीको मान्यता पाएसँगै फ्रेन्चाइज टोलीहरूले अब निर्वाध रूपमा विदेशी खेलाडीहरू अनुबन्ध गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




