एनपीएलका सबै खेललाई आईसीसीको आधिकारिक मान्यता
नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) का सम्पूर्ण खेलले लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता प्राप्त गरेको जानकारी दिएको हो ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।
क्यानले प्रेस विज्ञप्ति जारी गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) का सम्पूर्ण खेलले लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता प्राप्त गरेको जानकारी दिएको हो ।
प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने सचिव पारस खड्काले जानकारी दिए ।
उनका अनुसार एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास क्यानले लिएको छ ।
क्यानका सचिव खड्काद्वारा जारी विज्ञप्तिमा प्रतियोगिताका सम्पूर्ण खेलले आधिकारिक मान्यता प्राप्त गरेको उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




