Logo
Logo
समाचार

एनपीएल : कर्णालीविरुद्ध काठमाडौँको रोमाञ्चक जित

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १६ गते २२:२१
४१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो । कर्णालीको यो पहिलो हार हो ।

१८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । राशिद खानले अर्धशतक बनाउँदै ५० रन जोडे । करण केसीले ४४, आदिल आलमले २० तथा डेभिड वार्नरले १६ रन जोडे । जहानदाद खानले अविजित २२ रनको योगदान दिए ।

काठमान्डुले अतिरिक्त १० रन पायो । बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसैन तलतले दुई-दुई तथा नन्दन यादव र मार्क वाटले एक-एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन जोड्यो ।

अरिफुल इस्लामले ४४ रन जोडे । २१ बल खेलेका उनले ५ चौका र तीन छक्का प्रहार गरे । यस्तै हुसैन तलतले ४० रन बनाए ।

अन्तिमतिर ब्याटिङमा आएका गुलशन झाले ११ बलमा २० रन जोडे । पवन सर्राफ ३० बलमा नटआउट रहे । मार्क वाटले १७ रन जोडे । कर्णालीले अतिरिक्त १३ रन पायो । बलिङतर्फ काठमान्डुका करण केसीले दुई तथा शाहब आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले एक-एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित