एनपीएल : काठमान्डुले विराटनगरलाई ९ विकेटले हरायो
विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमै १ विकेट गुमाएर भेट्टायो । टोलिले ६.२ ओभरमै ५० रन बनाएको थियो । काठमान्डुका दुई अस्ट्रेलियन ब्याटरले खेल सक्काइदिए ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजले दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डुले विराटनगरलाई ९ विकेटले हराएको हो ।
विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमै १ विकेट गुमाएर भेट्टायो । टोलिले ६.२ ओभरमै ५० रन बनाएको थियो । काठमान्डुका दुई अस्ट्रेलियन ब्याटरले खेल सक्काइदिए ।
डेभिड वार्नर ४४ तथा विलियम बोसिस्टो २३ रनमा अविजित रहे । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भयो ।
विराटनगरको ब्याटिङ लाइन फ्लप सावित भयो । विराटनगरले पावरप्लेमा ३ विकेट गुमाएर २३ रनमात्रै बनायो । १० ओभर सकिँदा विराटनगर ७ विकेट गुमाएर ३७ रनको स्थितिमा थियो ।
रुपेश सिंहले सर्वाधिक २६ रन बनाए । यस्तै, एन्जेलो म्याथ्युजले २२ रन जोडे । लडखडाउँदै रन लिन दौडिएका उनले ३१ बल खाए ।
विराटनगरका तीन ब्याटरले खाता समेत खोल्न सकेनन् । अन्तिम खेल खेलेका वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल ३ रनमात्रै जोडेर पभेलियन फर्किए ।
उच्च लयमा रहेका लोकेश बमको ब्याट आज भने चल्न सकेन । उनले १० बलमा ६ रनमात्रै जोडे । बसिर अहमदले १० रनमात्रै बनाए ।
विराटनगरको इनिङ्स ध्वस्त पार्न काठमान्डुका सन्तोष यादवले तीन तथा सहन आरच्चिगेले दुई विकेट लिए । करण केसी, जहानदाद खान, शाहब आलम र देव शाहले एक एक सफलता हात पारे ।
५ खेल खेलेको विराटनगरको यो तेस्रो हार हो भने ३ खेलमा काठमान्डुले दुई जित र एक हार बेहोरेको छ ।
विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले स्तब्ध बन्यो ।
तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराएको विराटनगर चौथो खेलमा जनकपुर बोल्ट्समाथि २ रनले विजयी बन्यो ।
यता पहिलो खेलमा काठमान्डु जनकपुरसँग ८ विकेटले पराजित भयो । दोस्रो खेलमा काठमान्डुले कमब्याक गर्दै कर्णालीलाई ४ विकेटले हरायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




