खेलकुद
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
कर्णाली को लक्ष जितलाई निरन्तरता दिने रहदा जनकपुर र बिराटनगर लाई पहिलो जीत निकाल्ने दबाब छ भने काठमाण्डौ ले पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक १२ गते १३:०६
५
0
CommentsShares

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।
त्रिवि क्रिकेट ग्राउन्डमा पहिलो खेल जनकपुर र काठमाडौंबीच हुनेछ । यी दुई बीचको खेल आज दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल हो । जनकपुर भने यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो ।
यसैगरी आजै साँझ ५ बजे कर्णाली र विराटनगर बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर किंग्स पनि यसअघि चितवन राइनोजसँग पराजित भएको थियो ।
जारी प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल हो । जनकपुर भने यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




