Logo
Logo
समाचार

एनपीएल बाहेकका प्रतियोगिताको टिकट बिक्री अधिकार ठेक्कामा दिँदै क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार ठेक्कामा दिने भएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ८ गते २०:१४
११
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार ठेक्कामा दिने भएको छ। क्यानले आगामी दुई वर्षका लागि आफ्ना प्रतियोगिताको टिकट बिक्री गर्ने विशेष अधिकारका लागि बोलपत्र आह्वान गरेको हो।

क्यानले नेपाल प्रिमियर लिग बाहेकका खेलहरूका लागि दुई वर्षको सम्झौता गर्न इच्छुक तथा योग्य कम्पनीले सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।  क्यानले मंगलबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत टिकट बिक्री अधिकार प्रदान गर्न लागेको जनाएको छ। 

इच्छुक बोलपत्रदाताले क्यानको मूलपानीस्थित कार्यालयबाट वा क्यानको आधिकारिक वेबसाइटमार्फत बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन्। बोलपत्र कागजात प्राप्त गर्न १० हजार रुपैयाँ शुल्क तोकिएको छ। उक्त रकम फिर्ता नहुने सूचनामा उल्लेख छ। कागजात प्राप्त गर्ने अन्तिम मिति नोभेम्बर ३० सम्म तोकिएको छ। बोलपत्रदाताले डिसेम्बर १ तारिख दिउँसो १२ बजेसम्म क्यानको मूलपानीस्थित कार्यालयमा सिलबन्दी बोलपत्र बुझाइसक्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा बोलपत्र खोलिने क्यानले जनाएको छ।बोलपत्र पेश गर्ने कम्पनीले न्यूनतम १४ लाख रुपैयाँको धरौटी (बिड सेक्युरिटी) बुझाउनुपर्नेछ। बोलपत्र खोलिएको मितिदेखि ९० दिनसम्म बोलपत्र मान्य रहनेछ। साथै धरौटीको अवधि बोलपत्रको मान्य अवधि सकिएको थप ३० दिनसम्म कायम हुनुपर्नेछ।

क्यानले बोलपत्र खोलिएको मितिदेखि ९० दिनसम्म प्रस्ताव मान्य हुनुपर्ने व्यवस्था गरेको छ। बोलपत्रसम्बन्धी थप जानकारी क्यानको कार्यालय वा आधिकारिक वेबसाइटबाट लिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित