Logo
Logo
खेलकुद

एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने, विकल्पमा अर्को खेलाडी ल्याउने तयारी

एनपीएलमा सहभागी पाकिस्तानी खेलाडीको एनओसी सम्बन्धी विषय पनि विवादमा परेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई एनओसी उपलब्ध गराउन थप २५ हजार अमेरिकी डलर माग गरेको जनाइएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ९ गते १८:५५
४०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीको जिम्मेवारीका कारण स्वदेश फर्किने भएका छन्।

पाकिस्तानले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलका लागि फरहानलाई राष्ट्रिय टोलीमा बोलाएपछि उनी एनपीएलका खेल छाडेर पाकिस्तान फर्किन लागेका हुन्।

कर्णाली याक्सले फरहान राष्ट्रिय टोलीमा छनोट भएको जानकारी दिँदै उनको अनुपस्थितिमा वैकल्पिक खेलाडी भित्र्याउने तयारी भइरहेको जनाएको छ।

राष्ट्रिय टोलीको खेल अक्टोबर ३१ मा सम्पन्न भएपछि फरहान पुनः एनपीएलमा सहभागी हुन सक्ने सम्भावना छ। यद्यपि, उनको पुनरागमन निश्चित भई नसकेको कर्णाली याक्सले जनाएको छ।

यसैबीच, एनपीएलमा सहभागी पाकिस्तानी खेलाडीको एनओसी सम्बन्धी विषय पनि विवादमा परेको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई एनओसी उपलब्ध गराउन थप २५ हजार अमेरिकी डलर माग गरेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित