एनबीसी लस एन्जलसको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु
अमेरिकाको लस एन्जलसमा एनबीसी लस एन्जलसको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

काठमाडौँ । अमेरिकाको लस एन्जलसमा एनबीसी लस एन्जलसको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मंगलबार साँझ च्याट्सवर्थस्थित सान फर्नान्डो भ्यालीमा दुर्घटना भएको हो।
लस एन्जलस अग्नि नियन्त्रण विभाग (एलएएफडी)का अनुसार हेलिकप्टर एन। म्यासन एभिन्युको ९१०० ब्लकमा रहेका दुई व्यावसायिक भवनको बीचमा खसेको थियो। दुर्घटनाका क्रममा हेलिकप्टर दुईवटा सिपिङ कन्टेनर तथा पार्किङ गरिएका केही सवारीसाधनमाथि खसेको जनाइएको छ
हेलिकप्टर खसेलगत्तै घटनास्थलमा ठूलो आगलागी भएको थियो। हवाई दृश्यमा आगो नजिकै पार्क गरिएका सवारीसाधनसम्म फैलिएको देखिएको थियो। अग्निनियन्त्रकहरूले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए।
आगो नियन्त्रणमा लिएपछि अग्नि नियन्त्रक र लस एन्जलस प्रहरीले घटनास्थलमा एक शव फेला पारेका थिए। त्यसपछि एलएएफडीका अधिकारीहरूले दुर्घटनामा थप दुई जनाको समेत मृत्यु भएको पुष्टि गरेका हुन्।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। घाइतेहरूको अवस्थाबारे तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
हेलिकप्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




