Logo
Logo
समाचार

एमालेमा ट्विस्ट : ओली फेरि हाबी, किन लत्रिए पुनर्गठन पक्षधर ?

अध्यक्ष केपी शर्मा ओली झन् कडारुपमा प्रस्तुत भएसँगै एमालेको आन्तरिक परिस्थितिमा एकाएक फेरबदल आएको हो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ८ गते ०१:२८
४८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेकपा एमालेमा चार महिनादेखि चलेको पुनर्गठनसम्बन्धी गरमागरम बहस केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकसम्म पुग्दा कमजोर बनेको छ । अध्यक्ष केपी शर्मा ओली झन् कडारुपमा प्रस्तुत भएसँगै एमालेको आन्तरिक परिस्थितिमा एकाएक फेरबदल आएको हो ।

केन्द्रीय कमिटी बैठक सुरु भएलगत्तै पुनर्गठन पक्षधर उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेल अनपेक्षित नरम देखिए । एमालेमा पुनर्गठन पक्षको नेतृत्व उनीहरुले गर्दै आएका थिए ।

बैठकपूर्व एमालेमा पुनर्गठनको पक्षमा देखिएका नेताहरु आफ्नो पक्षमा खुलेपछि ओली झन् आक्रामक बनेको पुनर्गठन पक्षका एक नेताको भनाइ छ ।


नेतृत्व पुनर्गठनको बहससँगै पदाधिकारी तहमा ओलीविरोधि खेमाको वर्चश्व देखिएको थियो । पौडेल र पोखरेलसँगै उपाध्यक्षहरु पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई, सचिवहरु यमलाल कँडेल, राजन भट्टराई, छविलाल विश्वकर्मा, खगराज अधिकारी र हिक्मत कार्की खुलेका छन् ।

उपमहासचिवहरु लेखराज भट्ट, रघुवीर महासेठ र सचिव पद्मा अर्याल तत्काल कुनै धारमा खुलेनन् । उनीहरु निर्णायक अवस्थामा भूमिका खेल्नसक्ने नेताका रूपमा हेरिए । ओलीतर्फ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिवहरु भानुभक्त ढकाल, शेरधन राई र महेश बस्नेत उभिए । पदाधिकारीमा बलियो हुँदाहुँदै पनि पुनर्गठन पक्षधर केन्द्रीय समितिमा लत्रिनुले कार्यकर्ताहरुलाई अचम्मित बनाएको छ ।

यस विषयमा बुझ्दा पुनर्गठन पक्षधरका एक नेताले अध्यक्ष ओली र उनीपक्षका नेताहरू बहुमतका नाममा जबर्जस्ती गरिए पार्टी फुटाउने तयारीमा लागेको बताए । यही तयारीले गर्दा थुप्रै केन्द्रीय सदस्यको पुनर्गठन आवाज रोकिएको उनको दाबी छ ।

केन्द्रीय कमिटी बैठक बस्नुअघिसम्म अध्यक्ष केपी शर्मा ओली रक्षात्मक नै थिए । उनले आफ्नो पक्षलाई बलियो बनाउन अनेकौं हत्कण्डा अपनाए । यसैको फलस्वरुप संख्यात्मक सन्तुलनले ओलीलाई क्रमशः बलियो बनाएको हो ।

अध्यक्षले आफैं बैठक चलाउँदा महासचिव र उनीपक्षका नेताहरूले प्रतिवाद नगर्नुले पनि केन्द्रीय सदस्य तहमा ओलीप्रतिको त्रासले मनोबैज्ञानिक रूप लिएको ती केन्द्रीय सदस्यको भनाइ छ ।

‘कि पार्टी छाडेर जानुपर्‍यो, पार्टीमै बस्ने भए भ्यागुतोले पहरा फुटाउन सम्भव भएन,’ उनले भने । त्यसमाथि पुनर्गठन पक्षका मुख्य नेताहरू नै रक्षात्मक हुँदा केन्द्रीय सदस्य तहका नेताको मनोबल गिरेको उनी बताउँछन् ।

यद्यपि यी सबै परिघटना जनताको तहमा घातक र सकसपूर्ण हुनेमा नेताहरू विश्वस्त छन् । ‘अब पार्टी सकिन्छ भन्ने जान्दाजान्दै पनि अध्यक्षले नै पार्टी फुटाउने भनेपछि पुनर्गठन पक्षमा उभिन सकिएन, त्यसमाथि पुनर्गठन पक्षका नेताहरू नै गल्नु भयो, हामी बेहुलोबिनाका जन्ती भयौं’, उनले भने । उनका अनुसार पार्टी फुट्नुभन्दा नेतृत्वको अन्याय सहन सजिलो हुने ठहरपछि एमालेमा यस्तो परिस्थिति विकास भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित