Logo
Logo
समाचार

एमालेले चुनाव हारेका हो, राजनीति हारेको होइन : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले एमालेले चुनाव हारे पनि राजनीति नहारेको बताएका छन्

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ३ गते १३:५५
३४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- नेकपा एमालेका नेता विष्णु रिजालले एमालेले चुनाव हारे पनि राजनीति नहारेको बताएका छन्। सामाजिक सञ्जालमार्फत रिजालले एमाले लडेको तर समाप्त नभएको जिकिर गर्दै यस्तो बताएका हुन्।

‘एमाले लडेको हो, सकिएको होइन। हामीले चुनाव हारेका हौं, राजनीति हारेका होइनौं,’ उनले भनेका छन्, ‘हामीले निर्माण गरेको संविधान छ, हामीले स्थापित गरेको व्यवस्था छ। त्यसैले खरानीबाट फिनिक्स चरा पुनर्जीवित भएझैं एउटा चुनाव हारेको एमालेले पुनर्जीवन प्राप्त गर्न सक्छ।’

उनले चुनावी पराजयपछि एमालेले कठोर आत्मसमीक्षा र साधनाको बाटो रोज्नुपर्ने बताएका छन्।

चुच्चो र प्वाँख खिइएपछि चट्टानमा घोटेर आफूलाई नयाँ उडानका लागि तयार पार्ने बाजको उदाहरण दिँदै उनले एमालेको पंक्तिले पनि आफूलाई नयाँ उडानका लागि तयार पार्नुपर्ने उल्लेख गरेका छन्।

‘हामी फेरि नयाँ ऊर्जा र आत्मविश्वासका साथ नयाँ उचाइको उडान भर्न सक्छौं,’ उनले भनेका छन्, ‘संकल्प गरौं- सम्भव छ!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित