Logo
Logo
समाचार

एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : महासचिव पोखरेल

नेकपा एमाले तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताए

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १२ गते ००:२८
१२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

तनहुँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन् ।

नेकपा एमाले तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताए

। एउटा निर्वाचनमा पार्टी पराजित हुँदैमा एमालेको राजनीतिक भविष्य समाप्त नहुने उल्लेख गर्दै उनले निराश नभई पार्टी सुदृढीकरणमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

“एउटा निर्वाचनमा एमाले पराजित भयो भन्दैमा एमालेको भविष्य सकिएको छैन । पार्टीलाई अझ सशक्त र बलियो बनाएर लैजान्छौँ”, उनले भने, “एमालेलाई जनताको भरोसायोग्य पार्टी बनाउँछौँ । पार्टीसँग रिसाएका जनता र कार्यकर्तालाई फर्काउँछौँ ।”

महासचिव पोखरेलले निर्वाचनको परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताए । पार्टीप्रति जनताको विश्वास पुनः स्थापित गर्न नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

पार्टीका सचिव खगराज अधिकारीले पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने बताए । पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिँदै उनले गुटगत गतिविधिभन्दा सङ्गठनको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

पार्टीकी केन्द्रीय सदस्य भगवती न्यौपानेले निर्वाचनको परिणामबाट विचलित नभई नेता तथा कार्यकर्तालाई पार्टी सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिन् । निर्वाचनको परिणामबाट निराश नभई पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउन सबै सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित