Logo
Logo
समाचार

एमालेको विकास र समृद्धिको कामलाई वैकल्पिक शक्तिले चुनौती दिन सक्दैन : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेका विकास निर्माण र समृद्धिका कामलाई प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गरेका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २८ गते १९:२४
३५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेका विकास निर्माण र समृद्धिका कामलाई प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गरेका छन् ।

शनिबार च्यासलमा आयोजित एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै बस्नेतले एमालेले नेपालको विकास र समृद्धिका लागि महत्वपूर्ण योगदान गरेको बताए ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारको अवधारणा र नीतिगत नेतृत्वमा तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन भएको तथा नेपाललाई लोडसेडिङमुक्त बनाउने दिशामा महत्वपूर्ण काम भएको दाबी गरे । उक्त उपलब्धिको श्रेय तत्कालीन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सम्बन्धित व्यक्तिहरूलाई पनि जाने भए पनि यसको मुख्य अवधारणा तत्कालीन सरकारको रहेको उनको भनाइ थियो ।

बस्नेतले एमालेले नौ महिनाको अवधिमा कुनै काम नगरेको भन्ने आरोपको पार्टीका नेता तथा कार्यकर्ताले तथ्यसहित जवाफ दिनुपर्ने बताए । त्यसका लागि सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

एमालेले ३५ वर्ष शासन गरेको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै उनले २०५२ देखि २०७९ सम्मको अवधिलाई नेपालको विकासको महत्वपूर्ण कालखण्डका रूपमा व्याख्या गरे । मनमोहन अधिकारी नेतृत्वको सरकारदेखि एमालेले विभिन्न समयमा नेतृत्व गरेका सरकारका पालामा विकासका महत्वपूर्ण काम भएको उनको दाबी थियो ।

उनले वर्तमान सरकारको नौ महिनाको कार्यकाललाई कुशासन, भ्रष्टाचार, अनियमितता र महँगी वृद्धिसँग जोड्दै आलोचना गरे । ग्यासको मूल्य वृद्धि, युवालाई दिइएका आश्वासन र सरकारका गतिविधिले जनतामा निराशा तथा आक्रोश बढाएको उनको आरोप थियो । वर्तमान सरकारको कार्यशैली अधिनायकवाद, निरंकुशता र प्रतिशोधतर्फ उन्मुख रहेको टिप्पणीसमेत उनले गरे ।

बस्नेतका अनुसार एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी दुईवटा रणनीति बनाएको छ । पहिलो, पार्टीले विगतमा गरेका विकास निर्माणका काम र आफ्ना एजेन्डासहित जनतामाझ जाने तथा दुवै निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने । दोस्रो, वर्तमान सरकारका जनहितविरोधी गतिविधिविरुद्ध विचार मिल्ने अन्य दलसँग निर्वाचनमा कार्यगत एकता र आन्दोलनमा संयुक्त संघर्ष गर्ने ।

पार्टीको आगामी रणनीतिलाई प्रभावकारी बनाउन आधारभूत तहका कमिटीलाई व्यवस्थित र सुदृढ बनाउने काम भइरहेको उनले जानकारी दिए ।

उनले कात्तिक २६ गते वडा अधिवेशन र मङ्सिर ४ गते पालिका अधिवेशन आयोजना गर्ने तयारी रहेको बताए । अधिवेशन सकेसम्म सर्वसम्मत रूपमा सम्पन्न गर्नुपर्ने र सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ थियो ।

अधिवेशनका क्रममा नेताहरूले छुट्टाछुट्टै समूह बनाएर गुटगत प्रतिस्पर्धा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै बस्नेतले पार्टीभित्र एकता, सहमति र लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताए । पालिका अधिवेशन व्यवस्थित, मर्यादित र सफल बनाउन सम्बन्धित पालिका इन्चार्जहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित