Logo
Logo
समाचार

एमालेको केन्द्रीय कमिटी बैठकले गर्‍यो यस्तो निर्णय

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबाट अनुमोदन भएको आगामी कार्यभार र संकल्पलाई सशक्त ढंगले कार्यान्वयन गराउने निर्णय गरेको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ४ गते ०१:४९
१६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबाट अनुमोदन भएको आगामी कार्यभार र संकल्पलाई सशक्त ढंगले कार्यान्वयन गराउने निर्णय गरेको छ।

राष्ट्रिय भेला लगत्तै काठमाडौँमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले भेलाबाट अनुमोदन भएको मुख्य दुई कार्यभार र १५ कामहरुलाई केन्द्रीय कमिटीका सदस्यहरू मार्फत प्रभावकारी तथा सशक्त ढंगले कार्यान्वयन गराउने निर्णय गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।

बैठकले मंसिरको २६ गते आयोजना हुने वडा अधिवेशन र पुसको ४ गते तय भएको पालिका तहको अधिवेशनलाई व्यवस्थित गरेर सकेसम्म सर्वसम्मत ढंगले र सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रिया पूरा गरेर सम्पन्न गर्न निर्देशन दिएको बस्नेतले बताए।

वडा तथा पालिका तहको अधिवेशनमा पनि सर्वसम्मत नहुने भए लोकतान्त्रिक प्रक्रियामा जानुपर्ने अवस्था आए जानुपर्छ भन्ने मान्यतामा रहेको उनले बताए। साथै उनले जुनसुकै बेला पनि पार्टीले आन्दोलन घोषणा गर्न सक्ने भएकाले सोहीअनुसार मानसिक रूपमा सम्पूर्ण पंक्तिलाई तयार राख्न निर्देशन दिइएको जनाए।

त्यसअघि बिहीबार नै सम्पन्न राष्ट्रिय भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे आन्दोलनको तयारी गर्ने सहितको २१ बुँदे समसामयिक विशेष प्रस्ताव र संकल्प पारित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित