राजनिती
एमाले केन्द्रीय कमिटी बैठक असोज ५-७ मा बस्ने, त्यसअघि कार्यदल र सचिवालय बस्ने
त
तिलिचो न्यूज संवाददाता२०८३ भदौ १६ गते ०२:५७
९
0
CommentsShares

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीले ५, ६ र ७ असोजमा काठमाडौंमा बैठक बस्ने गरी मिति तय गरेको एमाले केन्द्रीय सचिव पद्मा अर्यालले नेपाल प्रेसलाई जानकारी दिइन् ।
अहिलेको नेतृत्वमा पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठक हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिबारे तयार गरेको प्रतिवेदन आउने र त्यसैमा सदस्यहरुको रायसुझावका आधारमा छलफल हुने नेतृ अर्यालले बताइन् ।
उनका अनुसार केन्द्रीय कमिटीअघि पार्टीको सचिवालय, निर्वाचन समीक्षा तथा पुनःगठनका विषयमा गठन गरिएको कार्यदलको बैठक बसेर आवश्यक छलफल गर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



