समाचार
एकान्तकुनाबाट १ करोड ६७ लाख नगदसहित तीन जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकान्तकुनाबाट ठूलो परिमाणमा नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
त
तिलिचो न्यूज संवाददाता२०८३ मंसिर १ गते २२:२५
३७
0
CommentsShares

काठमाडौं । ललितपुरको एकान्तकुनाबाट १ करोड ६७ लाख रुपैयाँ नगदसहित तीन जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकान्तकुनाबाट ठूलो परिमाणमा नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० घर भएका ३२ वर्षीय जयराम केसी र काठमाडौंको बानेश्वर घर भएका प्रज्वल रिजाल रहेका छन् ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
उक्त रकमको स्रोत तथा घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




