Logo
Logo
समाचार

एक सयभन्दा बढी ग्यास बुलेट काठमाडौं भित्रिँदै, निगम भन्छ- अभाव हट्दै जान्छ

बाटोबाट भित्रिएका यी ग्यास बुलेटहरूबाट भोलिदेखि नै बोटलिङ प्लान्टहरूमा ग्यास रिफिलिङ (भर्ने) काम तीव्र रूपमा अघि बढाइनेछ । ग्यास सिलिन्डरहरू सर्वसाधारण र बजारसम्म पुर्‍याएर सुचारु रूपमा वितरण हुने छ । मुख्य राजमार्ग खुलेर ग्यासका बुलेटहरू निरन्तर आउन थालेपछि अब बजारमा ग्यासको अभाव हट्दै जाने छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १२ गते २१:२८
३३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । भातरबाट ग्यास बोकेको बुलेट काठमाडौं आउन सुरु गरेका छन् । अविरल वर्षा कारण विगत चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति पुनः सहज हुने भएको छ ।

गत असोज ८ गते रातिदेखि मौसम प्रतिकूलता र बाटो अवरोधका कारण ठप्प भएको ग्यास आपूर्ति आजबाट काठमाडौं आउन थालेको छ ।

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका लागि एलपी ग्यास बोकेका बुलेटहरू पृथ्वी राजमार्ग हुँदै भित्रिने गर्दछन् । उक्त मुख्य राजमार्ग नै चार दिनसम्म निरन्तर बन्द भएपछि काठमाडौंतर्फ ग्यासका बुलेटहरू आउन सकेका थिएनन् ।

पृथ्वी राजमार्ग सुचारु भएसँगै रोकिएका ग्यास बुलेटहरू आ–आफ्नो गन्तव्यतर्फ अघि बढेका छन् । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार बाटो खुलेसँगै आज मात्रै १०५ भन्दा बढी ग्यास बुलेटहरू काठमाडौँतर्फ आउने क्रममा रहेका छन् । साँझसम्ममा यो सङ्ख्या अझै बढ्ने र बाँकी रहेका सबै बुलेटहरू भित्रिने निगमले जनाएको छ ।

प्रवक्ता ठाकुरका अनुसार बाटोबाट भित्रिएका यी ग्यास बुलेटहरूबाट भोलिदेखि नै बोटलिङ प्लान्टहरूमा ग्यास रिफिलिङ (भर्ने) काम तीव्र रूपमा अघि बढाइनेछ ।

ग्यास सिलिन्डरहरू सर्वसाधारण र बजारसम्म पुर्‍याएर सुचारु रूपमा वितरण हुने छ । मुख्य राजमार्ग खुलेर ग्यासका बुलेटहरू निरन्तर आउन थालेपछि अब बजारमा ग्यासको अभाव हट्दै जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित