Logo
Logo
समाचार

एक साताभित्र भारतको तटीय क्षेत्रमा दोस्रो चक्रवात, हालसम्म मानवीय क्षति छैन

मुरासु’ नामक चक्रवात मंगलबार बिहान भारतको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १८ गते १५:३१
४५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । भारतको दक्षिणी तटीय क्षेत्रमा एक साताभित्र दोस्रो चक्रवातले प्रभाव पारेको छ । ‘मुरासु’ नामक चक्रवात मंगलबार बिहान भारतको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो । 

स्थानीय विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार चक्रवातका कारण प्रतिघण्टा १२० किलोमिटरसम्मको गतिमा हावा चलेको थियो । यसको सबैभन्दा बढी प्रभाव आन्ध्र प्रदेश राज्यमा परेको छ । यसअघि आएको ‘अर्नब’ नामक चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिशामा १० जनाभन्दा बढीको मृत्यु भएको थियो । एक साताभित्रै अर्को चक्रवात आएपछि भारतको तटीय क्षेत्रमा विपद्को जोखिम बढेको छ । 

मुरासु चक्रवातसँगै तीव्र हावा र भारी वर्षा हुँदा आन्ध्र प्रदेशका विभिन्न जिल्लाहरू प्रभावित भएका छन् । हजारौँ मानिस प्रभावित भएका छन् भने स्थानीय प्रशासनले सर्वसाधारणलाई घरभित्रै सुरक्षित रहन निर्देशन दिएको छ । 

चक्रवातका कारण ठूलो संख्यामा रूखहरू ढले पनि हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति भने सामान्य रहेको बताइएको छ । 

खराब मौसमका कारण आन्ध्र प्रदेश र छिमेकी राज्य तमिलनाडुका विभिन्न विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानसहित २० भन्दा बढी उडान रद्ध तथा केहीको मार्ग परिवर्तन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित