Logo
Logo
सूचना-प्रविधि

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

त
तिलिचो न्यूज
२०८३ भदौ १ गते ०३:२७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार भदौ १ देखि देश दुई सयभन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा बन्द गर्न लागेको हो ।

एनसेलका अनुसार गोरखा, लमजुङ, बर्दिया, पाल्पा र कैलालीका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द हुनेछ । थ्रीजी सेवा बन्द भएपछि उक्त नेटवर्कमा प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी सेवाका लागि उपयोग गरिने कम्पनीले जनाएको छ ।

एनसेलले ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसहित फोरजी नेटवर्कलाई थप बलियो बनाउने उद्देश्यले थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार फोरजी नेटवर्क देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म विस्तार भइसकेको छ ।

भदौ १ देखि गोरखाका गोरखा, आरुघाट, शहीद लखन, भीमसेन थापा र धार्चेलगायतका स्थानीय तहमा थ्रीजी सेवा बन्द हुनेछ । त्यस्तै लमजुङका मर्याङ्दी, दूधपोखरी, दोर्दी, राइनास र बेँसीशहरलगायतका स्थानमा पनि सेवा बन्द हुने कम्पनीले जनाएको छ ।

बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया र गेरुवा तथा पाल्पाका तानसेन, रामपुर, तिनाउ, रम्भा र पूर्वखोलालगायतका स्थानमा थ्रीजी सेवा बन्द हुनेछ । कैलालीमा टीकापुर, लम्कीचुहा, भजनी, जानकी र जोशीपुरलगायतका स्थानीय तहमा पनि थ्रीजी सेवा बन्द गर्ने एनसेलको योजना छ ।

फोरजीमा अपग्रेड हुन आग्रह

थ्रीजी सेवा बन्द भएसँगै सम्बन्धित क्षेत्रका ग्राहकलाई फोरजीमा अपग्रेड हुन कम्पनीले आग्रह गरेको छ । फोरजी सेवा प्रयोग गर्न फोरजी सपोर्ट गर्ने मोबाइल फोन, फोरजी सिमकार्ड वा ई–सिम र फोरजी नेटवर्क उपलब्ध हुनुपर्नेछ ।

भोल्टे सेवा प्रयोग गर्न फोरजी चल्ने मोबाइल र सिम प्रयोग गर्ने ग्राहकले मोबाइलको सेटिङमा भोल्टे विकल्प अन गर्नुपर्ने एनसेलले जनाएको छ । ग्राहकले स्टार१२३स्टार११ह्यास डायल गरेर पनि भोल्टे सेवा सक्रिय गर्न सक्नेछन् ।

भोल्टे प्रविधिबाट उच्च गुणस्तरको भ्वाइस कल तथा फोन सम्पर्क छिटो स्थापित हुने कम्पनीको दाबी छ । ग्राहकले भ्वाइस कलसँगै फोरजी डेटा सेवा पनि उही शुल्कमा प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।

२०२७ को पहिलो त्रैमासिकसम्म थ्रीजी पूर्णरुपमा बन्द गर्ने लक्ष्य

एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर सुधार गर्ने योजनाअनुसार कम्पनीले थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गरिरहेको छ ।

कम्पनीका अनुसार स्मार्टफोन तथा फोरजी प्रयोगकर्ताको संख्या बढ्दै गए पनि अझै ठूलो संख्यामा ग्राहक थ्रीजीमै निर्भर छन् । फोरजी चल्ने सिम र मोबाइल प्रयोग गरिरहेका कतिपय ग्राहकले समेत मोबाइल सेटिङका कारण थ्रीजी नेटवर्क प्रयोग गरिरहेको कम्पनीको भनाइ छ ।

यसअघि एनसेलले गत माघ र असारमा पनि विभिन्न जिल्लाका स्थानीय तहमा चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गरिसकेको थियो । कम्पनीले थ्रीजी नेटवर्क बन्द गर्नु नयाँ पुस्ताको मोबाइल प्रविधिमा अपग्रेड हुने प्रक्रियाको हिस्सा भएको जनाएको छ । एनएनबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

टिकटकबाट प्रयोगकर्ताको पलायन: गोपनीयताको संशय र विकल्पहरूको उदय

टिकटकबाट प्रयोगकर्ताको पलायन: गोपनीयताको संशय र विकल्पहरूको उदय

एप्पलको अर्बौंको मुआब्जा: आइफोन प्रयोगकर्ताको खातामा किन पैसा आउँदैछ?

एप्पलको अर्बौंको मुआब्जा: आइफोन प्रयोगकर्ताको खातामा किन पैसा आउँदैछ?

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

आचारसंहिता उल्लंघन गर्ने ७५ जनासँग स्पष्टीकरण माग, ५२ ले पठाए जवाफ

आचारसंहिता उल्लंघन गर्ने ७५ जनासँग स्पष्टीकरण माग, ५२ ले पठाए जवाफ

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित