Logo
Logo
समाचार

दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नयाँ दिल्लीबाट स्वदेश प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गरेका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ७ गते २३:१६
२४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादसहित दुवै देशका कूटनीतिक अधिकारीले बिदाइ गरेका हुन्।

बिदाइका क्रममा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाको पनि उपस्थिति थियो।

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा गएका थिए। भ्रमणका क्रममा तय भएका उच्चस्तरीय भेटवार्ता तथा विभिन्न सम्झौता र सहमतिसम्बन्धी कार्यक्रम सम्पन्न गरी उनी नेपाल फर्कन लागेका हुन्।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाह भारत भ्रमणको औपचारिक कार्यक्रम पूरा गरेर नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित