Logo
Logo
समाचार

दूरसञ्चार प्राधिकरणले फेरि भन्यो- ‘बेटिङ, क्रिप्टोकरेन्सी र अश्लील साइट बन्द गर्नू, नत्र कारबाही हुन्छ’

त
तिलिचो न्यूज
२०८३ साउन ३० गते १८:२७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बेटिङ, क्रिप्टोकरेन्सी र अश्लील सामग्री प्रसारण हुने वेबसाइट तथा एप तत्काल बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई पुनः निर्देशन दिएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले यस्ता गैरकानुनी प्लेटफर्ममा पहुँच रोक्न ताकेता गरेको हो ।

नेपालको कानुनले अनलाइन प्रविधिमार्फत हुने जुवा (जस्तै: वन एक्सबेट), क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ्ग, बालयौनजन्य सामग्री तथा अश्लील सामग्रीको प्रकाशन र पहुँचमा रोक लगाएको छ ।

यस्ता गैरकानुनी क्रियाकलाप र आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट तथा एप नेपालभित्र सञ्चालन हुन नसक्ने गरी व्यवस्था मिलाउन प्राधिकरणले इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीलाई भनेको छ ।

प्राधिकरणले आफ्नो निर्देशन पालना नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ । सूचनामा भनिएको छ, “यस निर्देशनको पालना नगर्ने दूरसञ्चार सेवा प्रदायक संस्थालाई दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।”

यसअघि पनि प्राधिकरणले पटक-पटक सूचना जारी गर्दै यस्ता गैरकानुनी अनलाइन प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन सेवा प्रदायकलाई निर्देशन दिँदै आएको थियो । तर, ती सामग्री र साइट अझै पनि पूर्ण रूपमा बन्द नभएको पाइएपछि प्राधिकरणले पुनः ताकेता गर्दै पालना नगरे कानुनी कारबाही गर्ने स्पष्ट पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित