Logo
Logo
समाचार

धान-गहुँ छाडेर उखु खेतीमा आकर्षित हुँदै कञ्चनपुरका किसान, आम्दानी दोब्बर हुने अपेक्षा

परम्परागत रूपमा धान, गहुँलगायतका खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ३ गते १३:२१
४०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

कञ्चनपुर । परम्परागत रूपमा धान, गहुँलगायतका खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् ।

अन्य बालीको तुलनामा दोब्बर आम्दानी हुने भएपछि किसान उखु खेतीमा आकर्षित भएका हुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का धनसिंह ठगुन्नाले उखु खेतीबाट दोब्बर आम्दानी हुने देखिएको बताए ।

‘परम्परागत खेतीभन्दा उखु खेतीमा राम्रो प्रतिफल आउने भएपछि तीन जना मिलेर जग्गा भाडामा लिएका छौं । व्यावसायिक रूपमा अगाडि बढेका छौँ,’ उनले भने, ‘उखु खेतीमा कम मेहनत र लगानीमा राम्रो प्रतिफल आउँछ ।’

उनले उखु खेतीबाट उत्पादन लिन सके बजारको समस्या नहुने र एकै पटक राम्रो प्रतिफल लिन सकिने भएकाले उखु खेतीमा लागेको बताए । दुई बिघा जग्गाबाट खेती सुरु गरेका  उनले अहिले १२ बिघा जग्गा भाडामा लिएर उखु खेती गरिरहेको बताए ।

‘पहिलो सिजनमा सबै खर्च कटाएर प्रतिबिघा रु एक लाख बराबरको आम्दानी हुन्छ,’ ठगुन्नाले भने, ‘उखु खेती एक पटक रोपाइँ गरेपछि लगातार तीन सिजनसम्म उत्पादन लिन सकिन्छ ।’

उनका अनुसार पहिलो वर्ष उखु रोपेपछि त्यसको जराबाट पलाउने मुनाबाट दोस्रो र तेस्रो सिजनमा पनि उत्पादन लिन सकिने भएकाले हरेक वर्ष नयाँ रोपाइँ गर्नुपर्ने झन्झट हुँदैन । त्यसबाट खेतीको लागत घटाउनाका साथै आम्दानी बढाउन सहयोग पुगेको उनको भनाइ छ ।

उत्पादन गरेको उखु बेलौरीस्थित महाकाली सुगर मिलमा बिक्री हुने गरेको छ । मिलले उखु किसानलाई प्रोत्साहन गर्दै बीउ र कीटनाशक औषधि उपलब्ध गराउने गरेको उनले बताए ।

‘धान गहुँबाट एक बिघामा सबै खर्च कटौती गरेर बढीमा ४० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ ठगुन्नाले भने, ‘उखु खेतीमा एक बिघामा राम्रो उत्पादन भए सबै खर्च कटौती गरेर तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।’

उनले प्रति कट्ठा वार्षिक रु दुई हजारका दरले १२ बिघा जग्गा भाडामा लिएर खेती गरिरहेको बताए ।

स्थानीय किसान तारा महरा तीन वर्षदेखि व्यावसायिक उखु खेतीमा लागेका छन् । 

‘परम्परागत खाद्यान्नभन्दा उखु खेतीमा दोब्बर फाइदा हुने भएकाले यसमा लागेका हौँ,’ उनले भने, ‘दुई बिघा जग्गामा बिक्रीका लागि तयार छ दश बिघा जग्गामा अहिले बीउ रोप्दै छौँ ।’

उनले सिजनमा २० देखि २५ जनासम्मले रोजगारी पाउने गरेको बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार जिल्लामा पाँच हजार ६६० हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । उक्त क्षेत्रफलबाट वार्षिक तीन लाख ४५ हजार २६० मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । जिल्लामा उखुको उत्पादकत्व प्रतिहेक्टर ६१ मेट्रिक टन बराबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित