Logo
Logo
समाचार

देउवा पक्षीय कांग्रेसको गण्डकी कार्यसमितिले पायो पूर्णता, पदाधिकारीको टुंगो लाग्यो

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १२ गते १६:३३
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

पोखरा । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको गण्डकी कार्यसमितिले पूर्णता पाएको छ । यसअघि सभापति र सदस्यहरु घोषणा गरिएको थियो । शुक्रबार बाँकी रहेका पदाधिकारीहरु टुंगिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उपसभापतिमा आशिक गुरुङ, उमा कुमारी ठकुरी र सञ्जय सिलवाल निर्वाचित भएका छन् । त्यस्तै महामन्त्रीमा पोषनाथ शर्मा, मोहन गुरुङ र राजकुमार पाण्डे तथा सहमहामन्त्रीमा भक्तबहादुर श्रेष्ठ, लोकबहादुर मल्ल र इन्द्रप्रसाद पौडेल निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा रामबहादुर श्रेष्ठ चयन भएका छन् । एक उपसभापति एक महामन्त्री र एक महिला सहित २ सहमहामन्त्री सभापतिले मनोनयन गर्ने छन् । मंसिर ५ अधिवेसनको उद्घाटन गरेर ६ गते सभापति र सदस्यहरुको नाम घोषणा गरिएको थियो । त्यसपछि रोकिएको बाँकी पदको टुंगो शुक्रबार लागेको हो ।

जिल्लागत सहमतिमा ६८ जना प्रदेश कार्यसमिति सदस्य सर्वसम्मत चयन गरिएको छ । सदस्यहरूमा कास्कीबाट तरुणमणि सुवेदी, सीतादेवी सुवेदी, मृग सिंह गुरुङ, कल्पना तिवारी, कल्पना तिमिल्सिना, ज्ञानु परियार, ललितबहादुर कुँवर, यमप्रसाद तिमिल्सिना, मुक्तिनाथ पौडेल, भास्कर ध्वज श्रेष्ठ, समिला खड्का र चित्रबहादुर गुरुङ (लेकाली) छन् ।

बागलुङबाट ज्योति केसी, शिव आचार्य, हिराबहादुर घर्ती, चिन्तामणि दर्जी, सुमन भुसाल, अरुण पौडेल, प्रनिश राजभण्डारी, हिमनाथ शर्मा, दयाराम आचार्य, फमबहादुर खत्री र लक्षु माया पुन निर्वाचित भएका छन् । गोरखाबाट धनप्रसाद गुरुङ, ज्योति थापा, रोशन गुरुङ, रामबहादुर थापा, बुद्धिबहादुर तामाङ र टीकाराम देवकोटा चयन भएका छन् । मुस्ताङबाट पामुल थकाली, सुशीला थकाली र रीता राना थापा तथा पर्वतबाट कृष्ण गुरुङ (उज्ज्वल), आनन्द भुसाल र सीमा पुन निर्वाचित भएका छन् ।

तनहुँबाट निरमाया लामा, पञ्चबहादुर गुरुङ, कमला तिलिजा, दीर्घबहादुर बानियाँ र आशिष क्षेत्री तथा मनाङबाट मुखिया गुरुङ र कर्मा तेन्जिन प्रदेश कार्यसमिति सदस्यमा चयन भए भने म्याग्दीबाट मोहनबहादुर महत, पदमबहादुर पुर्जा र प्रेमप्रसाद रोका चयन भएका छन् । त्यस्तै नवलपुरबाट सुन्दर पाण्डे, मीना थनेत, प्रतीक सापकोटा, शालिकराम घिमिरे, देवी न्यौपाने, सरोज चालिसे, पवित्र भट्टराई, सूर्यबहादुर बिके र सतीश न्यौपाने निर्वाचित भएका छन् ।

स्याङ्जाबाट रामबहादुर श्रेष्ठ, लेखनाथ अर्याल, बोधराज भट्टराई, राजकुमारी गुरुङ, खड्काबहादुर दर्जी, रामबहादुर देवकोटा र शंकर काफ्ले प्रदेश कार्यसमिति सदस्यमा चयन भएका छन् । यसैगरी विष्णुहरि अधिकारी, धनबहादुर गुरुङ, खेमानन्द काफ्ले, दीपक रोकाहा, तारा अर्याल केसी र शालिकराम देवकोटा पनि सदस्यमा चयन भएका छन् । लमजुङबाट कुमार विश्वकर्मा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित