Logo
Logo
विविध

देशभरका प्रहरी युनिट प्रमुखलाई कार्यसम्पादन प्रभावकारी बनाउन आईजीपी कार्कीको निर्देशन

त
तिलिचो न्यूज
२०८३ भदौ ५ गते ०३:००
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय तथा विभिन्न युनिटका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन् ।

आईजीपी कार्कीले बिहीबार भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरो, प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा परिसर, ट्राफिक प्रहरी कार्यालय, विशेष सुरक्षा गण, विमानस्थल सुरक्षा कार्यालयलगायतका प्रमुखलाई सम्बोधन गर्दै निर्देशन दिएका हुन् ।

भर्चुअल बैठकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय भरतपुर तथा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्रमुखहरू सहभागी थिए।

त्यस्तै, सबै प्रदेश प्रहरी गण, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, विशेष सुरक्षा गण, प्रदेश प्रहरी तालिम केन्द्र, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी वृत्त तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई समेत आईजीपी कार्कीले सम्बोधन गरेका थिए।

आईजीपी कार्कीले समसामयिक सुरक्षा अवस्था, प्रहरी कार्यसम्पादन तथा संगठनका विभिन्न विषयमा केन्द्रित रहेर कार्यालय प्रमुखहरूलाई निर्देशन दिएको नेपाल प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

निर्वाचन आउन २३ दिन बाँकी, ४४ जिल्लाको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकी, ४४ जिल्लाको मतपत्र छपाइ सकियो

बजेट अर्धवार्षिक समीक्षा : परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर

बजेट अर्धवार्षिक समीक्षा : परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित