डेढ महिना अस्पताल बसेको भन्दै प्रचण्डले संसदमा स्वीकृत गराए बिरामी बिदा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधसभामा डेढ महिनाको बिरामी बिदा स्वीकृत गराएका छन् ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधसभामा डेढ महिनाको बिरामी बिदा स्वीकृत गराएका छन् । उनी गत वैशाख ३० देखि असार १३ सम्म चलेका २४ वटा बैठकमा अनुपस्थित रहेका थिए ।
जारी संसद अधिवेशनको अन्तिम दिन आज सभामुख डीपी अर्यालले धेरै समय बैठकमा अनुपस्थित सांसदहरूले दिएको बिदाको निवेदन स्वीकृतिका लागि पेश गरे । प्रतिनिधिसभा नियमावली २०८३ को नियमको २१३ को उपनियम १ अनुसार लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदले बिदा स्वीकृत गराउनुपर्ने व्यवस्था छ ।
सोही नियमको उपनियम ४ बमोजिम सभामुखले बिदा स्वीकृतिका लागि पेश गरेका हुन् । बैठकले सबै सांसदहरुको बिदा स्वीकृत गरेको उनले घोषणा गरे । सभामुखका अनुसार प्रचण्डले अस्पताल भर्ना भएकाले आफू २४ बैठकमा उपस्थित हुन नसकेको भनेर निवेदन दिएका थिए ।
संयोजक प्रचण्ड गत जेठमा सामान्य बिरामी परेर मेडिसिटी अस्पताल भर्ना भएका थिए । उनलाई माइल्ड निमोनिया भएको र रगतमा संक्रमण देखिएको बताइएको थियो । उनी ३-४ दिनमा डिस्चार्ज भएका थिए ।
दाहालपछि सबैभन्दा बढी अनुपस्थितिको बिदा योगेश गौचन थकालीले स्वीकृत गराएका छन् । उनी २० वटा बैठकमा अनुपस्थित थिए ।
अन्य सांसदहरुको विवरण यस्तो छः
एलिजा गुरुङः ११ बैठकमा अनुपस्थित, कारण- स्वास्थोपचार
योगेश गौचन थपालीः २० बैठकमा अनुपस्थित, कारण-अन्तर्राष्ट्रिय यात्रा
भूमिका लिम्बुः १२ बैठकमा अनुपस्थित, कारण- छोरीको उपचार
इन्दिरा रानाः १० बैठकमा अनुपस्थित, कारण- अन्तर्राष्ट्रिय कार्यक्रम
हरिनादवी कानूः १३ बैठकमा अनुपस्थित, कारण- ससुराको काजक्रिया
जनकराज गिरीः १२ बैठकमा अनुपस्थित, कारण- घरायशी काम
भरतबहादुर खड्काः १४ बैठकमा अनुपस्थित, कारण- जिल्ला भ्रमण
सृष्टी भट्टराईः ११ बैठकमा अनुपस्थित, कारण- परीक्षा
मोहम्मद इस्तियाक राईः १४ बैठकमा अनुपस्थित, कारण- व्यक्तिगत
विदुषी राणाः १५ बैठकमा अनुपस्थित, कारण- विदेश यात्रा
खडक शाहीः ११ बैठकमा अनुपस्थित, कारण- जिल्ला भ्रमण
प्रकाशसिंह कार्कीः १० बैठकमा अनुपस्थित, कारण- जिल्लामा कार्यक्रम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




