Logo
Logo
समाचार

दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनमा गण्डकी प्रदेशले चार स्वर्ण पदक प्राप्त गरेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १३ गते १२:४३
२३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनमा गण्डकी प्रदेशले चार स्वर्ण पदक प्राप्त गरेको छ ।

पश्चिम रुकुमको चौरजहारीमा आज सम्पन्न उक्त खेलमा गण्डकी प्रदेशले चार स्वर्ण, एक रजत र तीन कास्य गरी आठ पदक प्राप्त गरेको प्रशिक्षक राजेन्द्ररत्न तुलाधरले जानकारी दिए । तीन स्वर्ण, दुई रजत र चार कास्य गरी नौ पदकसहित नेपाली आर्मी दोस्रो, तीन स्वर्ण, पाँच रजत र दुई कास्य गरी १० पदक हातपार्दै बागमती प्रदेश तेस्रो भएको प्रशिक्षक तुलाधरले बताए ।

त्यसैगरी, तीन स्वर्ण, एक रजत गरी एपीएफ चौथो, दुई स्वर्ण छ रजत र तीन कास्य गरी कुल ११ पदकसहित लुम्बिनी प्रदेश पाँचौँ, दुई स्वर्ण, एक रजत र दुई कास्य गरी पाँच पदकसहित नेपाल पुलिस छैटौँ भएको छ ।

त्यस्तै एक स्वर्ण, एक रजत र एक कास्यसहित कोशी प्रदेश सातौँ हुँदा एक रजत, एक कास्य गरी सुदुरपश्चिम आठौँ र दुई कास्यसहित मधेश प्रदेशले नवौँ स्थानमा चित्त बुझाउँदा कर्णाली प्रदेश र एनआरएन भने पदकविहीन बनेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित