Logo
Logo
समाचार

दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १२ गते १३:०८
३८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

चितवन । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सो समयमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना विदेशी तथा ८३१ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । 

निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् । विशेषगरी एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडियाल गोहीलगायतका वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न पर्यटक आउने गर्दछन् ।

दसैँका समयमा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु एक करोड ७३ लाख ४४ हजार ६५० राजस्व संकलन भएको उनले बताए । नेपाली पर्यटकबाट रु १७ लाख ८३ हजार ६५०, सार्क मुलुकका पर्यटकबाट रु आठ लाख ३१ हजार र तेस्रो मुलुकका पर्यटकबाट रु एक करोड ४७ लाख ३० हजार राजस्व संकलन भएको उनले जानकारी दिए । 

निकुञ्जभित्र वर्षात्का समयमा जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने जिप तथा हात्ती सफारी यथावत् रूपमा सञ्चालन हुने गर्दछ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा, मेघौलीबाट ११ वटा, अमलटारीबाट आठ वटा र माडीबाट एउटा जिप निकुञ्जभित्र चल्ने गर्दछन् । ती जिपमा चढेर पर्यटकले निकुञ्ज घुम्ने गर्दछन् । यो समयमा दुर्लभ पाटेबाघसमेत देखिएपछि निकुञ्ज सफारीमा पर्यटकको आकर्षण थप बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित