दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै
निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ ।

काठमाडौँ। निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ । फुयाल र पाण्डेयको इजलासको ख नम्बर पेशी परेको छ । आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । विशेष अग्राधिकार दिँदै ७ मंसिरमा पेशी तोकिएको थियो । सोही अनुसार आज कार्कीले दायर गरेको रिटको सुनवाइ हुन लागेको हो । १८ कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उनको ठाउँमा डा. मनोज कुमार के.सी.लाई आईजीपी बनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




