समाचार
चोलेन्द्रसहित ४ पूर्वन्यायाधीश र जबराका नातेदारको घरमा सम्पत्ति शुद्धीकरणको छापा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित चार जना पूर्वन्यायाधीश, जबराका नातेदार तथा निकटस्थहरूको घरमा एकसाथ छापा मारेको छ ।
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन २१ गते २१:१६
७५
0
CommentsShares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित चार जना पूर्वन्यायाधीश, जबराका नातेदार तथा निकटस्थहरूको घरमा एकसाथ छापा मारेको छ ।
विभागले पूर्वप्रधानन्यायाधीश जबरासहित जबराका भाइ प्रभुशमशेर जबरा, ज्वाइँ नवीन बस्नेत तथा पूर्वन्यायाधीश नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा एकैपटक टोली परिचालन गरेर छापा मारेको हो ।
स्रोतका अनुसार गैरकानुनी सम्पत्ति आर्जन तथा शुद्धीकरणको आशंकामा उनीहरू सबैको निवासमा एकसाथ खानतलासी भइरहेको छ ।
यसअघि केही दिनपहिले मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई उनकै निवासबाट मध्यराति नियन्त्रणमा लिएर १२ घण्टापछि छाडेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




