Logo
Logo
समाचार

चोलेन्द्र पक्राउ र आयोगका प्रतिनिधिलाई भेट्न नदिनुको कारणबारे कांग्रेसले माग्यो सरकारसँग जवाफ

सांसद नीनुकुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै नियन्त्रणमा लिएको घटनाले कानूनी आधार, कारण र प्रक्रियाबारे गम्भीर प्रश्न उठाएको बताइन्। उनले भनिन्, ‘सुरक्षा चुनौती भए राज्यले सुरक्षा दिनुपर्छ, तर नागरिकको स्वतन्त्रता नियन्त्रण गरिन्छ भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक हुनुपर्छ।’

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १४ गते १८:४७
१३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा पक्राउ गर्नुको कारण सरकारसँग माग गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद नीनुकुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै नियन्त्रणमा लिएको घटनाले कानूनी आधार, कारण र प्रक्रियाबारे गम्भीर प्रश्न उठाएको बताइन्।

उनले भनिन्, ‘सुरक्षा चुनौती भए राज्यले सुरक्षा दिनुपर्छ, तर नागरिकको स्वतन्त्रता नियन्त्रण गरिन्छ भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक हुनुपर्छ।’

राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत जबरलाई भेट्न नदिएकोप्रति आपत्ति जनाइन्।

उनले थपिन्, ‘कसैको विगतको पद, राजनीतिक धारणा, सार्वजनिक छवि वा विवादसँग हामी सहमत वा असहमत हुन सक्छौँ। तर संविधानले प्रदान गरेको अधिकारको प्रयोग व्यक्ति हेरेर फरक हुनु हुँदैन। देश व्यक्ति विशेषको हुकुम वा सनकमा होइन, विधि, पद्धति र संविधान अनुसार चल्नुपर्छ। कसैले कसुर गरेको भए निष्पक्ष छानबिन र कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्छ। राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य हुन सक्दैन।’

सरकारसँग पूर्व प्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनुको कानूनी आधार, सुरक्षा चुनौतीको सूचना, तथा मानव अधिकार आयोगका प्रतिनिधिलाई भेट्न नदिनुको कारणबारे जवाफ माग गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित