खेलकुद
चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक १७ गते ००:१६
७
0
CommentsShares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा चितवनले सुदूरपश्चिमलाई जितका लागि १३० रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन जोड्यो । रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए ।
यस्तै, विवेक यादवले १७, डेविड मलानले १६ तथा अर्जुन साउद र सिकन्दर रजाले १५–१५ रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले दुई तथा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले एक–एक सफलता हात पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




