Logo
Logo
समाचार

चितवनको पहाडी क्षेत्र उपरदांगढीमा टेलिकमको टावर, नेटवर्क समस्याको समाधान

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २३ गते २०:०४
३६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदांगढीमा नेपाल टेलिकमले टावर जडान गरेको छ । टावर नहुँदा त्यस क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने समस्या बर्षौदेखि झेल्दै आएका स्थानीयवासी टावर जडान भएपछि सेवा सहज भएको महसुस गरेका छन् ।

स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदांगढीमा नेटवर्क सेवा सुचारु भएको हो । टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सो क्षेत्रमा टेलिकमको नेटवर्क कमजोर भएकाले टावर निर्माण गरिएको बताए। पर्यटकीय गन्तव्यका हिसाबले महत्त्वपूर्ण क्षेत्र भएकाले टेलिकमले प्राथमिकता दिएको उनको भनाइ छ ।

नेपाल टेलिकम भरतपुरका कर्मचारी सुरेश अधिकारीका अनुसार छिट्टै भरतपुरकै चौकीडाँडामा समेत अर्को टावर जडान भैसकेको र छिट्टै सञ्चालनमा आउने बताए । त्यससँगै जिल्लाका विकट पहाडी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुग्ने उनले जानकारी दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित