Logo
Logo
समाचार

छठ मनाएर फर्किँदै गरेको गाडी खुर्कोटमा दुर्घटना : ९ जना गम्भीर घाइते, हेलिकप्टर नआएपछि स्थानीयद्वारा सडक अवरुद्ध

जनकपुरमा छठ पर्व मनाएर परिवार र आफन्तको खुसी साट्दै काठमाडौंतर्फ फर्किँदै गरेका यात्रु चढेको गाडी सिन्धुलीको खुर्कोटनजिकै दुर्घटनामा परेको छ

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १ गते २२:३५
५३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

सिन्धुली । जनकपुरमा छठ पर्व मनाएर परिवार र आफन्तको खुसी साट्दै काठमाडौंतर्फ फर्किँदै गरेका यात्रु चढेको गाडी सिन्धुलीको खुर्कोटनजिकै दुर्घटनामा परेको छ। १५ जना यात्रु सवार रहेको उक्त यात्रुवाहक गाडी दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएका छन्।

दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीले घाइतेहरूको उद्धार गरी नजिकैको खुर्कोटस्थित अस्पतालमा पुर्‍याएका छन्। तर, घाइतेमध्ये ९ जनाको अवस्था अत्यन्तै गम्भीर रहेकाले स्थानीय अस्पतालमा उपचार सम्भव नहुने भन्दै चिकित्सकहरूले तत्काल काठमाडौं लैजान सुझाव दिएका छन्।

यद्यपि, गम्भीर घाइतेहरूको ज्यान जोगाउन तत्काल हवाई उद्धार (हेलिकप्टर) का लागि पहल गरिए पनि समयमै हेलिकप्टर नआएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उद्धारमा भएको ढिलाइले घाइतेहरूको ज्यान जोखिममा परेको भन्दै स्थानीयले खुर्कोटमा सडक अवरुद्ध पारेका छन्। सडक अवरुद्ध हुँदा बिपी राजमार्गमा सवारी आवागमन ठप्प भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित