छापा माध्यम बचाउ सुझाव कार्यदलले रवि लामिछानेलाई बुझायो ध्यानाकर्षण पत्र
छापा माध्यम बचाउ सुझाव कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई छापा तथा निजी सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि नीतिगत सुधारको मा

काठमाडौँ। छापा माध्यम बचाउ सुझाव कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई छापा तथा निजी सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि नीतिगत सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ।
कार्यदलले बुधवार सिंहदरबार पुगेर लामिछानेलाई पत्र बुझाउँदै छापा तथा निजी सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन तथा लोककल्याणकारी विज्ञापनसम्बन्धी नीतिमा सुधार गर्न आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराएको हो।
कार्यदलले सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनसँग सम्बन्धित विषयमा राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराउँदै आएको जनाएको छ। यसैक्रममा यसअघि कार्यदलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण पत्र बुझाइसकेको थियो।
छापा तथा निजी सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन र लोककल्याणकारी विज्ञापनलाई प्रभावकारी बनाउन नीतिगत पहल आवश्यक रहेको विषय कार्यदलले अघि सारेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




