Logo
Logo
समाचार

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २४ गते ००:४९
३९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । 

योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो ।

प्रत्येक वर्ष गाई पूजाको अवसरमा यसरी गौशालामा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले बताए । सोही अनुरुप यो वर्ष पनि पूजा गरिएको उनको भनाइ थियो । “प्रत्येक वर्ष गाई तिहारको दिन यसरी गौशालामै पूजा गर्ने गरिन्थ्यो”, उनले भने, “यस वर्ष पनि सोहीअनुरुप गाई पूजा गरियो ।” साही दिन लक्ष्मीको हवन पूजासमेत गरिएको थियो । 

साथै विभिन्न दाताहरूले गाईलाई खानासमेत प्रदान गरेका थिए । जहाँ विश्वविद्यालयको जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याइएको छ । गौशाला सञ्चालनमा भने निकै चुनौती रहेको अध्यक्ष योगीले बताए । गाईगोरुलाई खानपानका लागि निकै समस्या हुने गरेको छ । त्यसका लागि विभिन्न दाताहरूको सहयोगले नै गौशाला चलिरहेको अध्यक्ष योगीको भनाइ छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित